-
राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई दुई सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा बिजयी लिङ्देनले १ हजार ८ सय १७ मत ल्याए । पराजित थापाले १ हजार ६ सय १७ मत प्राप्त गरेका छन ।
अध्यक्षमा खसेको ४ सय ३१ मत बदर भएको छ । अध्यक्ष थापामा पराजित भएपनि थापा समूहको वर्चस्व देखिएको छ । उनको प्यानलबाट उठेका उपाध्यक्षमा बुद्धिमान तामाङ १ हजार ९ सय ४४ मत ल्याएर बिजयी भएका छन । ध्रुवबहादुर प्रधान १ हजार ८ सय १४ मत ल्याएर विजयी भएका छन ।
र महिला उपाध्यक्षमा रोशन कार्की १ हजार ५ सय ८९ मत ल्याएर विजयी भएकी छिन । यस्तै, थापा प्यानलका भुवन पाठक १ हजार ७ सय पाँच मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका छन । यस्तै, महिला महामन्त्रीमा थापा समूहबाट कुन्ती शाही २ हजार ८ मत ल्याएर विजयी भएकी छिन । लिङ्देन समूहबाट महिला महामन्त्रीमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा १ हजार छ सय ४० मत ल्याएर पराजित भएकी छिन ।
अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्गदेनको समूहबाट उपाध्यक्षमा विक्रम पाण्डे २ हजार ५ सय २१ मत सहित विजयी भएका छन । उनले महाधिवेशनमा सबैभन्दा धेरै मत पाएका छन । सोही समूहवाट महामन्त्रीमा उठेका धवलशमशेर राणा विजयी भएका छन । राणाले २ हजार २ सय २१ मत पाएका छन ।
News Desk 0 response आइतवार, मंसिर १९, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३