-
आजदेखि बाघ गणना सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रबाट बाघ गणना सुरु भएको हो । बाघ गणनामा सरकार र सहयोगी संस्थाको तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
बाघ पाइने पाँच वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर गणना हुन लागेको हो । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना थालिएको हो । गणनाका क्रममा बाघ ओहोरदोहोर गर्ने क्षेत्र र बाटो पत्ता लगाएर स्वचालित क्यामरा राखिने विभागले जनाएको छ ।
क्यामरामा कैद भएका बाघको तस्बिर हेरेर त्यो क्षेत्रमा कति बाघ छन् भनेर थाहा हुनेछ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको संख्या २ सय ५० को हाराहारी पु¥याउने घोषणा गरेको थियो । अघिल्लो गणना अनुसार नेपालमा अहिले २ सय ३५ वटा बाघ रहेका छन ।
News Desk 0 response आइतवार, मंसिर १९, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३