• राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी अध्यक्ष पदका प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक मामिलामा दरबारका सचिवहरुले हस्तक्षेप गरेको आभाष मिलेको बताएका छन् । विगतमा पार्टी फुटाउन दरबारका सचिवहरु लाग्दा आफूले प्रतिबाद गरेको भन्दै थापाले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सचिवहरुलाई सचेत गराए । हावा नचली पात नहल्लिने भन्दै उनले यदी त्यस्तो भए राजसंस्था फर्काउने अभियान प्रत्युत्पादक हुने चेतावनी दिए ।

    मतदान प्रक्रिया चलिरहेका बेला अध्यक्षका प्रत्यासी थापाले दिएको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।।

4565