-
वागमती प्रदेशको सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । वागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले बिहीबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई वागमती प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम बुझाएको छ ।
न्युनतम साझा कार्यक्रममा प्रदेश सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट प्रदेशबासी नागरिकको जीवन रक्षा गर्नु रहेको उल्लेख गरिएको छ । त्यस्तै संघीयताको कार्यान्वयनका लागि प्रदेश सरकारका माध्यमबाट सशक्त पहल गर्ने, संविधानले तोकेको क्षेत्रात्रिकार बमोजिम प्रदेशको अधिकार उपयोग गर्ने र स्थानीय तहको हस्तान्तरण गर्ने विषय पनि न्युनतम साझा कार्यक्रममा समेटिएको छ ।
न्युनतम साझा कार्यक्रममा गणस्तरीय शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच पु¥याउने विषय पनि उल्लेख गरिएको छ । चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने लक्ष्य राखिएको छ । त्यस्तै प्रदेश अस्पतालहरुको सुदृढिकरण गरी कोभिड–१९ को उपचार र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, कोभिड–१९ को उपचारमा खटिएका नागरिकलाई प्रोत्साहन भत्ता निरन्तरता दिने पनि न्युनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ ।
न्युनतम साझा कार्यक्रममा प्रदेश प्रहरी समायोजन गरी प्रदेश प्रहरी सञ्चालन गर्ने, प्रदेशको शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न प्रदेश अनुसन्धान व्यूरो गठन गर्ने पनि उल्लेख गरिएको छ । त्यस्तै संघ, प्रदेश र स्थानीय तहको विकास कार्यक्रममा तालमेल ल्याउनृ र तल्लो तहदेखि जनता र जनप्रतिनिधिहरुको भावना समेट्ने गरी योजना तर्जुमा प्रणलीको व्यवस्था गर्ने पनि सत्तारुढ गठबन्धनको संकल्प छ ।न्युनतम साझा कार्यक्रम बुझ्दै मुख्यमन्त्री पाण्डेले न्युनतम साझा कार्यक्रममा आधारित रहेर सरकारले काम गर्ने बताए ।
बागमती प्रदेश
News Desk 0 response बिहिबार, मंसिर १६, २०७८
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





