• भारतको कर्णाटकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले कर्णाटक राज्यका दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । संक्रमतिहरुमध्ये एक जना ६६ र अर्का ४६ वर्षका पुरुष भएको बताइएको छ ।

    यसैबीच संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने प्रयास भइरहेको पनि उनले बताएका छन् । कर्णाटक सरकारले ओमिक्रोनको संक्रमणका कारण आत्तिनु पर्ने अवस्था नरहेको तर सचेत भनें हुनुपर्ने बताएको छ ।

4565