• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतको अवस्था गम्भीर रहेको बताएका छन । बुधबार नेपाल बार एशोसिएशन र कानून व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको विषय बनेकाले कार्यपालिकाबाट समाधान गर्नु पर्ने बताएका हुन । समस्या न्यायपालिकाको मात्रै नभइ समग्र राज्यप्रणालीसँग जोडिएकाले समाधानका लागि बिलम्ब गर्न नहुने दाहालको भनाई छ ।

    दाहालले सभामुख स्वदेश फर्किए लगत्तै छलफल गरेर न्यायपालिकाको समस्या समाधान गर्ने समेत बताए ।

4565