• अछामको मंगलसेनबाट धनगढीका लागि छुटेको सुदुरपश्चिम यातायातको ना ६ ख ८२९ नं को बस मंगलसेन नगरपालिका वडा नं ४ को कैलासखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परि दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।

    अन्य घाईते भएका छन् । घाईतेको एकिन बिववरण आउन सकेको छैन । घाईतेको जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालमा उपचार भैरहेको छ ।

    मृत्यु हुनेमा मंगलसेन नगरपालिका वडा नं १४ का अन्दाजि वर्ष ५७ का टंक बहादुर भण्डारी र मंगलसेन नगरपालिका वडा नं १ का वर्ष २१ का एकेन्द्र थापा रहेका छन् ।बस सडकबाट करिब ५० मिटर तल खोलामा खसेको र गाडि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

4565