• नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुले अहिले आयोजना गरेको सम्मेलन र महाधिवेशन आउने निर्वाचनको तयारी जस्तो देखिएको बताएकाछन् ।

    नकेपा माओबादी केन्द्रका केन्द्रीय प्रतिनिधि स्वर्गिय राम प्रसाद बञ्जाडे ९ टकमणी० को आज बुटवलमा पार्टीले आयोजना गरेको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै उँनले देशमा चुनावको माहोल बन्दै गएको बताएकाहुन । उँनले देशमा चुनावको माहोल बन्दै गएको र लोकतन्त्रको लागि चुनाव आवश्यकता रहेकोमा जोड दिए ।

    चुनाव स्वच्छ ,निष्पक्ष, धाँधली रहित तरिकाले सञ्चालन हुनु पर्नेमा प्रचण्डले जोड दिए । उँनले राजनीतिक दलहरुको आपसी समझारी र सहकार्य सहित देशमा राजनीतिक स्थायित्व बनाउँदै देशलाई समृद्धि तर्फ ल्यैजान आवश्यकता रहेकोमा जोड दिए ।

    संविधान निर्माण गर्दा समाजबाद उन्मुख राज्य परिकल्पना गरेको अध्यक्ष प्रचण्डले बताउँदैे समावेशी समानुपाती मान्यतालाई साँचो अर्थमा लागु गर्नको लागि सबैले मेहनत गर्न आवश्यकता रहेको बताए ।

    यस्तै कार्यक्रममा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका ईन्चार्ज चक्रपाणी खानाल बलदेव , लुम्बिनी प्रदेशसभाका सभामूख पूर्ण बहादुर घर्ती , नेपाली कांग्रेसका जिल्ला सदस्य हरिलाल अर्याल लगायले शोकसभामा बोलेका थिए । बञ्जाडेको मंसिर ७ गते दाङमा आयोजना भएको पार्टीको कार्यक्रम समापन गरेर घर फर्किने क्रममा सवारी दुर्घटना परि निधन भएको थियो ।

4565