-
नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको सपथ लिएकाछन् । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुन केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो ।
बन्दसत्रमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले नवर्विाचित अध्यक्ष ओलीलाई सो पदको सपथ गराएका थिए । अन्य पदाधिकारी र सदस्यलाई अध्यक्ष ओलीले सपथ गराए । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार ८३७ मत प्राप्त गगरेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि रहेका थिए । निर्वाचनमा उपाध्यक्षहरुमा अष्टलक्ष्मी शाक्यलगायत छ जना निर्वाचित भएकाछन् भने सो पदमा घनश्याम भुसाल पराजित भएकाछन् ।
सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षहरुमध्ये शाक्यले एक हजार ९७६, सुरेन्द्र पाण्डेले एक हजार ९२५, सुवास नेम्बाङले एक हजार ८६५, विष्णु पौडेलले एक हजार ८५६, युवराज ज्ञवालीले एक हजार ८४२, रामबहादुर थापा बादलले एक हजार ७६८ मत प्राप्त गर्नुभएको छ । भुसालले ७२५ मत प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएकाछन् ।
सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्यमा अर्याल विजयी भएकाछन् ।सो पार्टीको केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा पुष्पराज कँडेल र केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा केशव वडाल निर्वाचित भएकाछन् । यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गरेका थिए । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिट्टै परिणाम निस्किएको हो ।
महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।
News Desk 0 response मङ्लबार, मंसिर १४, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३





