• सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी ओलीको प्रयास अझैसम्म पनि पुरा हुन सकेको छैन । बन्द सत्र अन्त्य गरेर मतदान गर्ने कि सहमतिमै नयाँ नेतृत्व बनाउने भन्ने विषयमा छलफल भएपनि निष्कर्ष निस्कन सकेन । अध्यक्ष ओलीले पाटीमा पदाधिकारी आकाँक्षी धेरै हुँदा सबैलाइ भागबण्डा मिलाउन हम्मे हम्मे परेको छ ।

    उनले पार्टीका शीर्ष नेताहरुलाई आइतबार आफू बसेकै होटलमा बोलाएर बिहानैदेखि छलफल पनि गरे । केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम घोषणा नगरे पनि आइतबार बन्दसत्र हल बाहिर रावलले अध्यक्ष पदमा मेरो उम्मेदवारी किन भन्दै ३१ पन्ने पर्चा नै प्रतिनिधिहरुलाई बाँडिरहेका थिए ।

    आइतबार बन्दसत्रले ओलीलाई नै पदाधिकारी र केन्द्रीय सदस्यको प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो । अध्यक्ष ओलीले रावलसहित विभिन्न पदका आकांक्षीहरुलाई बोलाएर छलफल गरी सहमतिमा नेतृत्व चयनको प्रयास थालेका थिए । कतिपयले भिम रावलका कारण समस्या भएको भनिएपनि त्यसो नभएको कार्यकर्ताको धारणा छ ।

    पूर्व माओवादी पृष्ठभूमिका नेताहरुसँगको छलफलमा २ पदाधिकारीसहित ४० भन्दा बढी केन्द्रिय सदस्यमा सहमति जुटेको दाबी गरिएको छ । आइतबारको छलफलमा लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका नेता सहभागी थिए । उनिहरुले आफुहरुको उपस्थिति पनि सम्मानजनक होस् भन्ने आकांक्षा राखेका थिए । आज विहान १० बजेका लागि तोकिएको बन्दसत्रमै ढिलाइ भएपछि केही महाधिवेशन प्रतिनिधिहरुले भने आक्रोस समेत व्यक्त गरे ।

    कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका अध्यक्ष ओली भने नेताहरुलाई फकाउनमै दिनभर व्यस्त रहे । महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वले आफ्नो परीक्षा ठिक ढंगले दिन्छ कि दिँदैन भन्ने प्रश्न पनि औंल्याएका छन् ।

    बन्द सत्रकै बिचमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची भने तयार भएको बताइएको छ । तर क–कसको नाम प्रस्ताव गरिएको छ भन्ने खुलाइएको छैन । सहमतिको प्रयासमा लाग्दा एमाले महाधिवेशनको अवधि नै लम्बिने देखिएको छ ।।

4565