• कोरोना भाइरसको नयाँ नयाँ प्रजाति देखिने क्रम अहिले पनि जारी छ । कोरोना भाइरसका विभिन्न उत्परिर्वतन स्वरुपहरुमा बढि संक्रामक मानिएको डेल्टा भेरियन्ट भन्दा पनि फरक र संक्रामक नयाँ भेरिन्ट देखा परेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको नयाँ ओमिक्रोेम भेरियन्ट हालसम्मकै बढि खतरकनाक हुन सक्ने अनुमान गरिएको छ ।

    चीनको वुहानमा पहिलो पटक देखा परेको कोरोना भाइरसका नयाँ–नयाँ प्रजातीहरु देखापरेका छन् । ती प्रजातिहरु मध्ये पनि केहि यस्ता नयाँ प्रजातीहरु छन् जुन प्रजातीलाई लिएर विश्वमा फेरि झनै चिन्ता बढाएको छ । कोरोना भाइरसका उत्परिर्वतन स्वरुपहरु मध्ये अल्फा, विटा, गामा र डेल्टा भेरिन्टलाई अहिले सम्मकै भेरिन्ट अफ कन्र्सनका रुपमा राखिएको छ ।

    तर पछिल्लो समय पुनः कोरोना भाइरसको नयाँ उत्परिर्वन स्वरुप देखापरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण अफ्रिकामा पहिलो पटक नोभेम्बर २४ तारिखका दिन कोरोना भाइरसको नयाँ उत्परिर्वन स्वरुप देखा परेको हो । जसलाई विश्व स्वास्थ्य संगठनले ओमिक्रोन नामाकरणसमेत गरेको छ ।

    हालै देखापरेको कोरोना भाइरसको उत्परिर्वन स्वरुप ओमिक्रोमलाई लिएर विश्वभरनै चिन्ता थपिएको छ । दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको नयाँ प्रजाती ओमिक्रोम कोरोना भाइरसका अन्य प्रजातीहरु मध्ये फरक भएको मानिएको छ । बी पोइन्ट वान पोइन्ट वान पोन्इन्ट फाइभ टु नाइन बैज्ञानिक नाम रहेको यो भाइरस भेरियन्ट बी पोइन्ट वान भेरियन्टबाट आएको मानिएको छ ।

    चीनको वुहानमा पहिलो चरणमा देखिएको कोरोना भाइरसभन्दा यो भेरियन्ट निकै फरक रहेको मानिएको छ । नयाँ स्वरुपको भाइरस ओमिक्रोम अहिलेसम्म दक्षिण अफ्रिकामा बाहेक इजरायल, जर्मनी, बेल्जियम, इटालीलगायतका देशहरुमा समेत पुष्टि भएको छ । दक्षिण अफ्रिकी वैज्ञानिकहरूले यो भेरियन्टको स्पाइक प्रोटिनमा ३० पटकसम्म अंनुवांशीक परिवर्तन गर्नसक्ने क्षमता रहेको समेत जनाएका छन् ।

    कोरोना भाइरसको नयाँ स्वरुप देखिएसंगै विश्वभर नै कोरोना भाइरस नियन्त्रणका लागि थप चुनौति समेत थपिएको छ । साथै नेपालमा पनि नयाँ स्वरुपको भाइरस संक्रमणको जोखिम समेत बढाएको छ ।

4565