• प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली एकै समयमा मञ्चमा उक्लिए । देउवा र ओलीको झन्डै पाँच महिनापछि पहिलो पटक भेट भयो । यो अबसर एमाले महाधिबेशनस्थल नारायणी किनारमा जुट्यो । उनीहरुलाई एमाले नेता कार्यकर्ताले संगै माला लगाई दिएका थिए ।

    यसअघि गत असार २९ गते देउवा संसदबाट प्रधानमन्त्री निर्वाचित भएपछि देउवालाई ओलीले बधाई दिएका थिए । त्यसपछि यी दुई नेताहरूको भेट भएको थिएन । प्रतिनिधि सभामा एमालेको अवरोध हटाउन प्रधानमन्त्री देउवाले भेट्न चाहे पनि ओलीसँग उनको भेट हुन सकेको थिएन ।

    एमाले महाधिवेशनमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल गएनन् भने एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमालेले निम्तो नै दिएको थिएन ।

4565