-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएकाछन् ।
शुक्रवार नेकपा एमालेको १० महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएकाहुन । उनले मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु नै ओली नेतृत्वको सरकारको अविस्मरणीय काम भएको बताएकाहुन ।
अध्यक्ष थापाले ओली नेतृत्वको सरकारले लिम्पियाधुरालाई समेत समेटेर चुच्चे नक्सा बनाइ त्यसलाई संविधानमा समेट्दै नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुण लगाएको पनि बताए । पार्टी भित्रको आन्तरिक कलह र विवादका कारणले जनतालाई दिएको आश्वासनअनुसार काम गर्न नसकेका कारण उनले केपी ओली नेतृत्वको पछिल्लो सरकारबाट आफू त्यति सन्तुष्ट नभएको बताए ।
अध्यक्ष थापाले भने, ‘२ वटा प्रमुख कामका निम्ती केपी ओली र यो देशले सम्झिराख्नेछ, पहिलो काम मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु हो, दोस्रो सबैभन्दा लिम्पियाधुरा समेत समेटेर चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा समेटेर नेपाल र नेपाली जनतालाई अविष्मरणीय गुण लगाएकाछन ।
अध्यक्ष थापाले अहिले देश शंकटको भूमरिमा परेको बताए । उनले लोकतन्त्रको आवरणमा देश बिस्तारै सर्व सत्तावादतर्फ उन्मुख भएको बताए । अध्यक्ष थापाले योजनावद्ध र संगठित रुपमा गरिँदै आएको धर्म परिवर्तनले नेपालीहरुको सनातन, धार्मिक, सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको आरोप समेत लगाए ।
अध्यक्ष थापाले भने, ‘अहिले देश शंकटको भुमरिमा परेको छ, लोकतन्त्रको आवरणमा बिस्तारै देश सर्वसत्तावादतर्फ उन्मुख हुन लागिरहेको संकेत पाइन्छ । योजनावद्ध र संगठित रुपमा गरिँदै आएको धर्म परिवर्तनले हामी नेपालीहरुको सनातन, धार्मिक, सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको छ । नेपालकै इतिहासमा अहिले सर्वाधिक भ्रष्टाचार व्याप्त रहेको छ । नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक स्थल बन्न सक्ने तड्कारो खतरा देखिएको छ । देशले तपाईहरुबाट साहशीक निर्णयको अपेक्षा गरेको छ ।’
अध्यक्ष थापाले नेकपा एमालेले देशमा सहशीक निर्णय गरेर देश जोगाउनेमा आफू विश्वस्त रहेको समेत बताए । उनले देशलाई संकटबाट बचाउन नेकपा एमालेका अध्यक्ष ओलीको आवश्यक रहेको बताए।
News Desk 0 response शुक्रबार, मंसिर १०, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३





