• एमालेको १० औं माहाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी ओलीले आगमी निर्वाचनमा एमालेका लागि नभइ देशका लागि बहुमत ल्याउने दाबी गरे । कार्यकर्ता माझ निकै उत्साहकासाथ प्रस्तुत भएका ओलीले लिम्पियाधुरा र लिपुलेकको जमिनलाई संवादको माध्यमबाट फिर्ता लिने उद्घोष गरे ।

    नेकपा एमालेका अध्यक्ष केपी ओलनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा एमालेका लागि नभएर देशका लागि बहुमत ल्याउने बताएका छन् । शुक्रबार चितवनमा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश विकासका लागि एमालेको बहुमत आउन आवश्यक रहेको पनि बताए । उनले देशमा विकासको लहर चलाउनका लागि एमालेको बहुमत आउनु आवश्यक रहेको बताए ।

    उनले प्रधानमन्त्री देउवाप्रति टिप्पणी गर्दै मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज उहाँको खुट्टा समातिरहेका छन् । त्यसरकाण उहाँलाई पनि अप्ठ्यारा छन् कि ? भन्दै प्रश्न गरे ।

    उनले जनताको बीचमा जान खोज्ने एमालेको योजनालाई परमादेशमार्फत नयाँ सरकार गठन गरेर रोकिएको बताए । उनले लिम्पियाधुरा र लिपुलेकको जमिनलाई संवादको माध्यमबाट फिर्ता लिने र वास्तविक मित्रता स्थापित गर्न चाहेको बताए ।

    उनले प्रतिनिधिसभा विघटन गरेपछि जनतामा जाउँभन्दा अन्य राजनीतिक दलहरूले नमानेको पनि ओलीको भनाइ थियो । उनले परमादेशको बाटो नभई जनादेशको बाटोमा जाउँ भन्दा अन्य राजनीतिक दलले नमानेको उल्लेख गरे ।

4565