• आफ्नै गृह जिल्ला चितवनमा भएको नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागि भएनन । एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको उपस्थिती विना नै पहिलोपटक सुरु भएको छ ।

    प्रतिनिधि सभा दुई पटक भंग र पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविच पानी बाराबारको अवस्था छ । धेरैले एमालेले चितवनमा महाधिवेशन गर्दा दुई नेताविच एकै मञ्चमा छलफल हुने अपेक्षा गरेपनि त्यो पुरा भएन ।

    शुक्रबार आफ्नो गृहनगरमा एमाले महाधिवेश चलिरहदा माओवादी केन्द्रका अध्यक्ष दाहाल भने काभ्रेको डाडापारी पार्टीका गाँउस्तरीय कार्यक्रममा ब्यस्त रहे । दाहालले पार्टीका तर्फबाट स्थायी समिति सदस्य लिलामणि पोखरेललाई पठाए । उदघाटन समारोहमा पोखरेलले दाहाल कार्यव्यस्तताले सहभागी नभएको बताएपनि भित्री कुरा भने त्यो थिएन ।

    आफ्नो निर्वाचन क्षेत्रमा ओलीले महाधिवेशन राखेकोमा दाहालको असन्तुष्टि महाधिवेशनमा सहभागी नभएर प्रकट भयो । दाहाल कार्यक्रममा सहभागी नभएपनि कुनै समय उनकै सहकर्मी रामबहादुर थापा भने महाधिवेशन उदघाटन समारोहमा सहभागी भएर नेकपा एमालेको प्रशंषा गर्न भ्याए । उनले थापाले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताए ।

    महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक समेत रहेका थापाको चितवनमा उपस्थिती भविश्यमा दाहाललाई चितवनमै राजनीतिक रुपमा चुनौती दिने पात्रको रुपमा एमालेले अघि सार्न खोजेको रुपमा हेरिएको छ । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबिनाको पहिलो महाधिवेशन भएको हो ।

    एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको भए पनि अन्य शीर्ष नेताहरूलाई बोलाउँदा माधव नेपाललाई उदघाटन सत्रमा बोलाइएको थिएन । यस्तै, कार्यक्रममा एमाले उपाध्यक्षबाट राजीनामा गरेर बसेका वामदेव गौतमपनि सहभागी भएनन । ओलीसँगै अन्तरविरोधको कारणले एमालेका शिर्ष नेताहरुले पार्टी छाडेका छन् ।

    साविक नेकपासँगको पार्टी एकतापछि भंग भएपछि पूर्वमाओवादी केन्द्र छाडेका टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेताहरुले एमालेमा मौका पाउदा हिजो सहकार्य गरेका नेताहरुको अनुपस्थितीलाई भने नेता कार्यकर्ताहरुले पनि अर्थपुर्ण रुपमा हेरेका छन ।

4565