• नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र भव्य समारोहबीच सम्पन्न भएको छ । महाधिवेशनमा विशाल उपस्थिति मात्र होइन, रौनिक प्रस्तुतिहरु पनि देखिए ।चितवनको नारायणी नदी किनारमा विशाल जनउपस्थितिका साथ आयोजित समारोहमा देशभरबाट एमालेका नेता कार्यकर्ता निकै उत्साहका साथ उपस्थित भएका थिए । समारोहको निकै तामझामका साथ नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए ।

    उद्घाटन समारोह शुभारम्भ हुनुअघि देशभरबाट आएका नेता, कार्यकर्ता, शुभेच्छुक नाराजुलुस र नाचगानसहित महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनार प्रवेश गरेका थिए ।महाधिवेशनमा सबैभन्दा बढी रौनक पूर्व रुकुमको झाँक्री नाच देखियो । मौलिक परम्पराको यो नाचले सबैको ध्यान खिचेको थियो ।

    महाधिवेशन उद्घाटन हुनुअघि जनसांस्कृतिक मञ्चले प्रस्तुत गरेको सांगीतिक कार्यक्रम पनि निकै रोचक बन्यो । सबै जातजाति, भाषाभाषीलाई समेटिएको प्रस्तुतले पनि सहभागीको ध्यान खिचेको थियो ।उद्घाटन समारोहमा सहभागीहरुले नारायणी नदी किनारको मज्जा पनि राम्रैसँग लिए । महाधिवेशनको लोगो गैंडाको मस्कट र नारायणीकोे छालमा सेल्फिको मज्जा लिनेहरुको पनि रौनकता छाएको थियो ।

4565