-
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा देखिएको समस्याबाट नपन्छिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकाछन् । बिहीवार नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न संघसंस्थाहरुले गरेको ‘बालुवाटार न्याय मार्च’ लाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा न्यायालयमा देखिएको समस्याबाट पन्छिन नमिल्ने बताए ।
उनले प्रधानमन्त्री देउवालाई संवैधानिक दायित्व निर्वाह गर्न पनि आग्रह गरे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संरक्षण गर्न खोजिए जनतामाथि अन्याय हुने भन्दै उनले संवैधानिक सर्वोच्चता कायम राख्नका लागि कदम चाल्न माग गरे । उनले भने – ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई हामी अनुरोध गर्न चाहान्छौँ, तपाईँले संवैधानिक दायित्व निर्वाह गर्नुस् । तपाईँ पन्छिने काम नगर्नुस् । तपाईँले हिजोको दिनमा संरक्षण गर्न खोज्नुभएको हो भने यो जनतामाथिको अन्याय हुन्छ । जनतामाथिको अन्याय टुलुटुलु हेरेर बस्ने नेपाल सरकारको काम होईन । व्यवस्थापिकाको काम होईन । यो काम नहोस् । संविधान अनुसारको संवैधानिक सर्वोच्चता कायम राख्नको लागि कदम चालियोस् ।’
त्यस्तै वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले प्रधानन्यायाधीश जबराले न्याय सम्पादन गर्ने अवस्थाको समाप्ती भइसकेको बताए । आफुहरु स्वार्थको लागि लडाइँ नलडेको भन्दै उनले जनतालाई स्वतन्त्र र निर्भिक रुपमा न्याय प्राप्त गराउने उद्देश्यले आन्दोलनमा उत्रिएको उनले बताए । उनले भने – ‘हाम्रो स्वार्थको लागि यो लडाइँ होइन, यो हाम्रो जनताको लागि स्वच्छ, स्वतन्त्र र निर्भिक रुपमा न्याय प्रदान होस् भनेर त्यो उद्देश्य हासिल गर्नलाई हामी सबै न्यायकर्मीहरु र पेशाकर्मीहरु आफ्नो आफ्नो आम्दानीको माया मारेर आफ्नो पेशालाई स्थगन गरेर हामी आन्दोलनमा उत्रेको हौँ । यसमा हाम्रो एकयबद्धता रहन्छ । अब प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले सर्वोच्च अदालत फर्केर प्रधानन्यायाधीश भएर न्याय सम्पादन गर्ने अवस्थाको समाप्ती भइसकेको आज यहाँबाट म घोषणा गर्न चाहान्छु ।’
न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध भनी निरन्तर आन्दोलन गरीरहेको नेपाल बार एसोसिएसनको नेतृत्वमा बिहीवार सर्वोच्च अदालत परिसरदेखि बालुवाटारसम्म ‘बालुवाटार न्याय मार्च’ गरिएको हो । न्याय मार्चमा नेपाल पत्रकार महासंघ, बृहत नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ, आदिवासी, जनजाति महासंघ, नेपाल इञ्जीनियर्स एसोसिएसन लगायतको सहभागिता रहेको थियो ।
मार्चपासमा न्यायालय कि अन्यायालय, संसद खोल चोलेन्द्रलाई महाअभियोग लगाउ, न्याय किनबेच बन्द गर, के संसदको काम सुतिरहने हो, निःशुल्क न्या जनताको अधिकार न्यायालय चाहान्छ लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो । मार्चपासमा स्वतन्त्र न्यायपालिका कायम गर, विधिको शासन कायम गर, सम्पूर्ण पेशाकर्मी एक हौँ, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे भनि नाराबाजी समेत गरिएको थियो । त्यसैगरी न्यायालयमा विकृति, विसंगति भएको विषयलाई समेट्दै संक्षिप्त चेतनामुलक सडक नाटक पनि प्रस्तुत गरिएको थियो ।
News Desk 0 response बिहिबार, मंसिर ९, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३





