-
हुम्लामा सञ्चालन हुँदै आएको समिट एयरको दादागिरिका कारण हुम्लामा खाद्यान्नको समस्या भएको छ । समिट एयरले सीमित निजी विमान कम्पनीको सिन्डिकेट तोड्दै गएपछि हुम्लामा सरकारी अनुदानको चामल ढुवानी हुन नसकेको हो ।
एउटा निजि कम्पनि समिट एयरको दादागीरिका कारण हुम्लाका हजारौँ बासिन्दा भोक भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । सीता, तारा र समिट एयरले मात्र हुम्ला लगायत अति विकट जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएकोमा नयाँ ठेक्का प्रक्रियाबाट निजी विमान कम्पनीको एकाधिकार तोडिएपछि समिट एयरले समस्या खडा गरेको हो । समिट एयरले खाद्यान्नको ठेक्का पाउन नसकेपछि सिता एयरको डाहामा अदालत पाटनमा मुद्धा दायर गरेको हो ।
समिट एयरको मुद्धाका कारण हुम्लाको खाद्य व्यवस्था तथा व्यपार कम्पनि रित्तो भएको छ । खाद्य गोदाम रित्तिएपछि जिल्लाका नागरिक भोकै बस्नु पर्ने बाध्यता भएको हो ।
आफूले समयमा काम पूरा गर्न नसक्ने र अरूले जिम्मा पाउँदा अवरोध गर्ने समिट एइरको हर्कतका कारण नागरिकहरू प्रत्यक्ष रुपमा मर्कामा पर्दै आएका छन् । प्रत्येक वर्ष सरकारी अनुदानमा अति दुर्गम हुम्ला जिल्लामा ढुवानी हुने चामल यसवर्ष पनि विमान कम्पनीको कार्टेलिङका कारण समयमा ढुवानी हुन सकेको छैन ।
उक्त समस्याका कारण हुम्ला जिल्लाका करीब ६० हजार नागरिक खाद्यान्नबाट बन्चित हुनु परेको छ । त्यति मात्रै नभएर हुम्लाका आम नागरिकदेखि सुरक्षाकर्मी, सरकारी कर्मचारी, गैरसरकारी संस्थाका कर्मचारी, विद्यालयको छात्रावासमा बस्ने विद्यार्थी समेत खाद्यान्नबाट प्रभावित भएका छन् ।
प्रतिस्पर्धामा कम्पनीले निर्धारण गरेको योग्यता समेत पूरा नगरेकाले प्रतिस्पर्धाबाट बाहिरिएको निजी विमान कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयदेखि उच्च अदालत पाटनसम्म पुगेर उजुरी र मुद्दा दायर गर्दा ठेक्का कार्यान्वयनमा अवरोध पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका वितरण शाखा प्रमुख भीमबहादुर थापाले बताए ।
सुर्खेतदेखि हुम्लाको सिमकोट हवाइ मैदानसम्म र नेपालगञ्जदेखि हुम्लाको सिमीकोट हवाइ मैदानसम्म खाद्यान्न ढुवानीका लागि कम्पनीले २०७८ साउन १५ गते बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको थियो । सडक सन्जालले नछोएको दुर्गम जल्ला हुम्लामा हवाइमार्गबाट मात्र चामल ढुवानी गरेर वितरण हुने गरेको छ । त्यस्तै खार्पुनाथ गाउँपालिकाका लागि प्रत्येक वर्ष १ हजार क्विन्टल सरकारी अनुदानको चामल वितरण हुने भनेर कोटा छुट्याइएको छ ।
तर १ हजार क्विन्टल चामल त के ५ सय क्विन्टल चामल पनि आउन नसकेको गाउँपालिकाकाले जनाएको छ । एक व्यक्तिलाई १ वर्षमा ७ केजी चामल वितरण गरिने भनेर कोटा छुट्याइएको भए पनि २ केजी भन्दा बढी वितरण हुन नसकेको गाउँपाकिला स्रोतले जनाएको छ । हवाई ढुवानी गर्ने विमान कम्पनीहरूबीच नै अदालतमा मुद्दा हाल्ने, अन्तरिम आदेश जारी हुने काम भएको हुँदा हुम्ली नागरिकहरु थप भोकमरीको समस्या झेल्दै आएका छन् ।
News Desk 0 response बुधबार, मंसिर ८, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३





