-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको दशौं महाधिवेशनमा आफूले उम्मेदवारी दिने निर्णय गरिनसकेको बताएका छन् । अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर आफूप्रति आदर, सम्मान र स्नेहभाव देखाएको प्रतिक्रिया समेत दिए ।
मंगलबार सम्पादकहरुसँगको अन्तरक्रियामा उनले उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई सम्मान गरेको र त्यसबाट आफू प्रभावित भएको पनि बताए । उनले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा आउने कुरालाई आफूले नरोक्ने पनि स्पष्ट पारे ।
पदाधिकारी वा केन्द्रिय समितिमा आउनेहरुलाई आफूले कुनै दवाव र प्रभावमा नपार्ने अध्यक्ष ओलीको भनाई थियो । उहाँले सर्वसम्मति वा सबैभन्दा बढि मत ल्याएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढि मन पर्ने बताए ।
ओलीले पार्टीका नेताहरुको व्यवस्थापनमा आफूले ध्यान नदिने बताए । देश र जनताको व्यवस्थापनमा आफूहरुको ध्यान जाने अध्यक्ष ओलीको भनाई थियो । सम्पादकहरुले सोधेको प्रश्नको जवाफमा उनले सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताए । सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि ठूलो प्रश्न उठेको उल्लेख गर्दै आफूले सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अवस्था देखेको उनको तर्क थियो ।
अध्यक्ष ओलीले आफूहरुले निष्पक्ष न्यायालय छ भन्ने विश्वास सबैले गरुन भन्ने चाहेको पनि स्पष्ट पारे ।
News Desk 0 response मङ्लबार, मंसिर ७, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३