• प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाको राजिनामा माग गर्दै नेपाल बार एसोसियनले आजवाट देशब्यापी विरोध थालेको छ । शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरेको भन्दै आक्रोशित बारले शुक्रबारसम्म देशव्यापी विरोध प्रदर्शन गर्न लागेको हो ।

    बारले सर्वोच्च अदालत परिसरमा धर्ना भने निरन्तर जारी राखेको छ। आन्दोलनको कार्यक्रमअन्तर्गत देशभरका बार इकाइलाई आज बहस समेत बहिष्कार गरेका छन । सोमबार देशभरका अदालतमा अदालतमा बिहान १० देखि १२ बजेसम्म कालोपट्टीसहितको धर्नालाई निरन्तरता दिने कार्यक्रम छ ।

    मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादकोबाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने निर्णय बारले गरेको छ । यस्तै बुधबार उच्च अदालत र त्यसका इजलासमा विरोधसभा गर्ने, बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने बारको विरोध कार्यक्रममा उल्लेख छ ।

4565