-
नेपाल विद्युत् प्राधिकरणले छ महिनाभित्र ५० वटा चार्जिङ स्टेसनको निर्माण सक्ने भएको छ । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा विद्युतीय सवारी साधनका लागि प्रमुख राजमार्गका ३२ स्थानमा चार्जिङ स्टेसन निर्माण भैरहेका हुन ।
प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको पहिचान गरेर चार्जर मेसिन खरिदको सम्झौता भएर काम अघि बढिसकेको छ । केहीमा तीनवटा र केहीमा छवटा सवारी एकैसाथ चार्ज हुने गरी स्टेसन निर्माण भइरहेको हो । हरेक प्रदेशमा पाँचवटा स्टेसन रहनेछन् । काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा अन्य आवश्यक स्थानमा स्टेसन हुनेछन् ।
चार्जिङ स्टेसन पूर्वपश्चिम, पृथ्वी, सिद्धार्थ, बीपी र मदन भण्डारी लगायतका राजमार्गमा राखिनेछ । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा रहनेछन् । विद्युतीय स्टेसनबाट कार आधा घन्टा र बस एक घन्टामा पूर्ण रूपमा चार्ज हुने प्राधिकरणले जनाएको छ ।
एउटा चार्जिङ स्टेसन निर्माणमा करिब ८० लाख रुपियाँ लगानी गरिएको छ । ५० वटा स्टेसन निर्माणको लागत ४० करोड रुपियाँ छ । मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्नुका साथै अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था समेत प्राधिकरणले मिलाउन लागेको छ ।
News Desk 0 response शनिबार, मंसिर ४, २०७८
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





