• नेपाल बार एसोसियसनको परिसरभित्र केही व्यक्ति प्रवेश गरेर वकिलहरुलाई धम्की दिएका छन् । आज केही व्यक्तिले बार परिसरमा प्रवेश गरी वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न धम्की दिएका हुन् ।

    उनीहरु मध्येका एक जनाले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर वकिल पिट्ने धम्कीसमेत दिए । अपशब्द बोल्दै उनीहरूले धम्की दिएपछि त्यहाँ उपस्थित वकिलहरुले प्रतिकार गर्दै परिसर बाहिर पठाएका थिए ।

4565