• चन्द नेतृत्वको नेकपाले आह्वान गरेको वन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ । दाङका मुख्य शहर घोराही, तुलसीपुर, लमही, भालुवाङ लगायतका ठाँउमा बन्दको प्रभाव देखिएको हो । बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् । शिक्षण संस्था पनि बन्द भएका छन् ।

    बन्दको प्रभाव उदयपुरमा पनि देखिएको छ । सदरमुकाम गाईघाट क्षेत्रको बजार, पसलहरु बन्द छन् भने कटारी, बेल्टार बजारका पसलहरुसमेत ठप्प भएका छन् । बन्दले जिल्लाको यातायात सेवा प्रभावित बनेको छ ।

    अप्रिय घटना नहोस भनेर सदरमुकाममा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । चन्द नेकपाका कार्यकर्ताले बजारमा निस्केर खुलेका पसल पनि बन्द गराएका छन् । बन्दका प्रभाव महोत्तरीमा पनि परेको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको सडक–खण्ड र बीपी राजमार्गमा पनि सवारी साधन चलेका छैनन् । विद्यापति राजमार्ग र जलेश्वरमा नगन्य मात्रामा सवारी साधन चलेका छन् भने मूख्य बजारमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

4565