• प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका न्यायाधीशहरुमध्ये ४ जना इजलास फर्किएका छन् । न्यायाधीशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्मी नियमित काममा फर्किएका हुन् ।

    जबराले राजीनामा नदिएसम्म इजलास नफर्किने न्यायाधीशहरुको अडानले एक सातासम्म सर्वोच्चमा कुनै पनि मुद्दाको सुनुवाइ भएको थिएन । जबराविरुद्ध मोर्चाबन्दी गरेका १८ न्यायाधीशमध्ये मंगलबार ४ जना न्यायाधीश इजलास फर्किएर सामान्य मुद्दामा पनि सुनुवाइ थालेका हुन । सोमबार नै आन्दोलन छाडेर उनीहरु काममा फर्किने निर्णयमा पुगेका थिए ।

4565