-
जनगणनामा खटिएकी गणक झापा भद्रपुर नगरपालिका–६ की लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फाराम भरिरहेको भेटिएकिछिन् ।
खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा उनी घरमा नभेटिएपछि नजिकैको खेतमै पुगेर राजवंशीले जनगणनाको फाराम भरिन । पहिलो चरणको गणनामा नाम छुटेकी भद्रपुर–६ की आस्मा खातुनको विवरणसमेत राजवंशीले सोही बेला टिपीन ।
“घरमा मान्छे नभेटिएपछि सोधी खोजी गरेर उनीहरु जहाँ थिए, त्यहीँ गएर फाराम भर्ने गरेकी छु”, उनले भनीन्, “कोही नछुट्ने गरी काम गरिरहेका छौँ ।” गणनाका लागि जाँदा केही समस्या आउने गरेको उनको भनाइ छ । “केहीले उमेर भन्न मान्दैनन्, केहीले अन्दाजी यति उति लेखिदिनु भन्छन्”, उनले भनीन, “डेरामा बस्ने मान्छे घरमा भेटिँदैनन्, मोबाइल नम्बर पनि घरबेटीसँग माग्दा नपाइएको अवस्था छ ।”
बिर्तामोड नगरपालिकामा घरभाडामा बस्ने मानिसको सङ्ख्या धेरै छ । इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरीलगायतका जिल्लासँगै भारतबाट व्यवसाय–मजदूरी गरेर बस्नको सङ्ख्या धेरै छ ।
जनगणनामा खटिएका बिर्तामोड–४ का नवेश गुरुङले एउटै घरमा पाँच÷छ परिवार घरभाडामा बस्दै आएको पाइएको बताए । “कर उठाउन, भाडा बढाउन, चुनावका लागि विवरण लिन आएको भन्ने मानिसमा भ्रम रहेको पाइयो”, बिर्तामोड–५ मा गणकका लागि खटिकि उनले भनीन, “धेरैले विवरण दिन अन्काउँछन्, धेरै ‘कन्भिन्स’ गर्दा मात्र विवरण दिने गरेका छन् ।” उनले मानिसको बुझाइ गलत भएकाले केही समस्या भएको बताइन ।
राजवंशी र गुरुङजस्तै जिल्लामा हाल एक हजार १८७ जना गणक जनगणनामा खटिएका छन् । उनीहरु घरदैलोसँगै खेतबारी र कार्यस्थलमै पुगेर विवरण लिइरहेका छन् । जनगणनाका लागि झापामा दुई वटा कार्यालय बिरिङ नदी पश्चिम दमक र बिरिङ नदी पूर्व भद्रपुर स्थापना गरिएको छ ।
यसअघि गरिएको प्रारम्भिक सर्वेक्षणमा झापामा दुई लाख सात हजार ५०० परिवार र करिब १० लाख जनसङ्ख्या रहेको तथ्याङ्क छ ।रासस
News Desk 0 response शुक्रबार, कार्तिक २६, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३