• सरकारले पहिलो पटक १२ वर्ष देखि माथिका व्यतिmलाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप आइतवारबाट दिने तयारी थालेको छ । आइतबारबाट दिने फाइजर खोप देशभरका २४ वटा अस्पतालबाट दिर्घरोगीलाई मात्र दिने तयारी स्वास्थ्य मन्त्रालय थालेको छ ।

    नेपाल सरकारले पहिलो पटक १२ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको अभियान संचान गर्ने भएको छ । अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख मात्रा फाइजर वायोएनटेक खोप अभियान आगामी आईतबारबाट संचालन गर्न लागिएको हो ।

    अहिले सम्म १८ वर्ष माथिका नागरिकलाई कोरोना भाइर विरुद्धको खोप कार्यक्रम संचालन गदै आएको सरकारले आगामी आईतवार भने १२ वर्ष माथिका ८ प्रकारका दिर्घरोगीलाई दिने भएको छ । स्वस्थ्य सेवा विभागका अनुसार कार्तिक २८ गते संचालन हुने खोप अभियान मंसिर ४ गते सम्म चल्ने छ ।

    साथै खोप बचत भएको अवस्थामा मंसिर ५ र ६ गते सम्म खोप लगाउन छुटेका लागि पनि खोप दिने योजना रहेको विभागको भनाई छ । खोप अभियानमा तोकिएका व्यतिmले खोप लगाउनका लागि अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धि पुर्जा तथा उमेर खुल्लने प्रमाण पत्र साथमा लग्न समेत आग्रह गरेको छ

    नेपालमा पहिलो पटक संचालन हुन लागेको फाइजर बायोएनटेक खोप विश्वका १ सय ३२ देशहरुमा प्रयोगमा आइसकेका छन् । नेपालमा पनि औषधी व्यवस्था विभागले २०७८ भदौ २३ गते आकस्मिक प्रयोगका लागि यो खोपको अनुमति दिइसकेको छ ।

    यो खोपको समान्य केहि असर देखिए पनि खोप सुरक्षित भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । साथै यो खोप अभियान बाहेक फाइजर बायोएनटेक खोपका अन्य मात्रा डिसेब्बरमा प्राप्त भए पछि १२ देखि १७ वर्षका नागरिकलाई खोप दिने योजना रहेको स्वास्थ्य सेवा विभागको भनाई छ ।

    नेपालमा हालसम्म कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनिका र जोन्सन खोप प्रयोगमा आइसकेको छ यी सबै खोपहरु १८ वर्ष माथिका व्यक्तिलाई मात्र लगाउन मिल्ने खोपहरु हुन् । नेपालमा हालसम्म प्रयोगमा आएका खोपहरुमध्ये ५७ प्रतिशत खोप सरकार आफैँले खरिद गरेको भने बाँकी विभिन्न देशबाट अनुदानमा प्राप्त गरेको छ ।

4565