• कैलालीको टीकापुरमा गएराती चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ । टीकापुरको सिद्दार्थ होटल नजिकै राती करिब ९ बजे तिर आर.एन देवकोटा सहितको टोलिले चक्कु प्रहार गर्दा लम्कीचुहा नगरपालिका १ का ब्यापारी डम्बर बडुवालका २३ बर्षिया छोरा भुपेन्द्र बडुवालको ज्यान गएको हो ।

    चक्कु प्रहारबाट ज्यान गएका भुपेन्द्र बडुवालका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।आफन्तहरुले पूर्वपश्चिम राजमार्गको लम्की बजारमा टायर जलाउँदै राजमार्ग अवरुद्ध गरेका हुन् । चक्कु प्रहार गर्ने व्यक्ति आर.एन देवकोटा सहित आठ जना आरोपीहरु पक्राउ परेका छन भने अन्यको खोजिरहेको जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    राजमार्ग अवरुद्ध हुँदा लम्की क्षेत्रमा सार्वजनिक यातायात तथा सवारी साधनहरु ठप्प रहेका छन् । यात्रुहरु अलपत्र परेका छन् । टीकापुरको सिद्दार्थ होटेल नजिक दुई समूहबीच झडप हुँदा घटना घटेको प्रहरी जानकारी दिएको छ ।

4565