• त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासमा खटिएका कर्मचारीलाई दुव्र्यवहार गर्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीमाथि छानविन हुने भएको छ । नायव सुब्बालाई कुटपिट गरेको आरोप लागेका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीमाथि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानबिन गर्न लागेको हो ।

    रेग्मीले कर्मचारीलाई कुटपिट गरेको खबर बाहिरिएपछि पर्यटन मन्त्री प्रेम आलेले सोधपुछका लागि बोलाएका थिए । सो क्रममा रेग्मीले घटनाबारे जानकारी गराएका थिए । शनिवार ९ बजे रेग्मीले विदेशबाट फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कर्मचारीलाई दुव्यवहार गरेका थिए ।

    उनले नियम विपरीत ६ वटा रक्सीका बोतल ल्याएका थिए । ड्युटी फ्रीबाट रक्सी तोकेभन्दा धेरै ल्याएको भेटिएपछि विमानस्थलमा कार्यरत भन्सारका नायव सुब्बा सुमन थापाले रोकेका थिए । रक्सी पिएका रेग्मीले थापालाई झापड समेत हानेका थिए । भन्सार ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ ।

4565