-
नेपालमा थप ३ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा पीसीआर परीक्षणबाट ३ सय ७१ र एन्टिजेन परीक्षणबाट १९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा थप १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ सय १७, ललितपुरका २० तथा भक्तपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर ७ हजार ६ सय ५४ मा आइपुगेको छ ।
गत २४ घण्टामा ४ सय २५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन । कूल ७ लाख ९५ हजार ८ सय २२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर हाल ७ हजार ६ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् ।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५३ पुगेको छ । गत २४ घण्टामा १९ सय १७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।
News Desk 0 response सोमवार, कार्तिक २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





