-
नेपालमा थप १४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९८० पीसीआर परीक्षणमा १४१ जना र एन्टिजेन विधिद्वारा गरिएको ३५३ परीक्षणबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९ हजार ३ सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९५ हजार ३९७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४४८ पुगेको छ ।
देशभर हाल सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ जना रहेका छन् । जसमध्ये ७ हजार १२४ जना होम आइसोलेसनमा रहेका छन् भने ५८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ५३, भक्तपुरमा १२, रुपन्देहीमा १०, ललितपुरमा ९, सुनसरीमा ६, धनुषा र बाँकेमा ४÷४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
News Desk 0 response आइतवार, कार्तिक २१, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३