-
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर चार प्रतिशतभन्दा तल झरेको छ । गएको २४ घण्टामा तीन हजार नौ सय ३२ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ५३ प्रतिशत अर्थात् एक सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
२ हजार १ सय ३४ नमुनाको पीसीआर परीक्षणमा १ सय २८ र १ हजार ७ सय ८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख १४ हजार ४ सय १७ पुगेको छ भने एन्टिजेन परीक्षणबाट संक्रमितको संख्या ९४ हजार ८ सय १५ पुगेको छ ।
सोही अवधिमा ६ सय ४९ जना निको भएका छन् । यससँगै नेपालका कोरोनामुक्त हुनेको संख्या ७ लाख ९४ हजार ४ सय ३८ पुगेको छ । देशभर हाल आठ हजार एक सय ४४ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ८५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
News Desk 0 response शनिबार, कार्तिक २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





