-
बेमौसमी वर्षाका कारण कञ्चनपुर जिल्ला लगायत देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, कटानका घटना भएका छन् । उक्त विपद्बाट ठुलो जनधनको क्षति समेत भएको छ । यद्यपि दुई दशकदेखि कञ्चनपुरका विभिन्न नदी तथा जङ्गलको किनारमा झुपडी बनाएर बसिरहेका आरक्षपीडितहरूको अवस्था भने झनै कहाली लाग्दो बनेको छ । हालैको बाढीले कञ्चनपुरको ढक्का चान्देव स्थित आरक्षपीडित बस्तीका ६५ झुपडी क्षतिग्रस्त भएका छन् भने काटेर राखेको धान नदीले बगाएको छ ।
वि.सं. २०५८ सालमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्र विस्तारका क्रममा विस्थापित गरिएका आरक्षपीडितको पीडामाथि झनै पीडा थपिएको छ । दुई दशकदेखि पुनर्स्थापना पर्खाइमा खुला आकाशमुनि नदी तथा जङ्गलको छेउछाउमा बस्न बाध्य भएका आरक्षपीडितहरूको बस्तीमा हालै आएको बाढीले ठुलो क्षति पु¥याएको छ । नदी किनारको जमिन खनजोत गरी लगाइएको धान बाली काटेर राखेको अवस्थामा नदीमा आएको बाढीले पुरै बगाएर लगेको छ ।
असोज ३१ गते साँझ देखि चार दिनसम्म अविरल रूपमा परेको बेमौसमी वर्षाका कारण कञ्चनपुरको ढक्का चान्देव शिविरमा मात्रै पनि आरक्षपीडितहरूका ६५ झुपडी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त झुपडी पुनर्निर्माण गर्न भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले रोक लगाउने गरेका छन् ।वर्षात र बाढीका कारण आरक्षपीडितको बस्ने बास र खाने अन्न नष्ट गरिदिएको छ । राज्यबाट हालसम्म कुनै सुविधाको कुरा त परै जाओस्, आफ्ना नागरिक सरह व्यवहारसम्म नपाएका आरक्षपीडितहरूको आलो घाउमा प्राकृतिक विपद्ले झनै नुन चुक छर्किने गरी बिचल्ली निम्त्याएको छ ।
विपद्बाट भएको क्षतिको विवरण सङ्कलनका लागि अन्य स्थानमा राज्यका विभिन्न निकाय अग्रसर भए पनि राज्यबाटै विस्थापित आरक्षपीडित बस्तीमा भने कुनै सुरसार देखिँदैन । २०५८ सालमा तत्कालीन सरकारका प्रधानमन्त्री शेर बहादुर देउवाबाटै विस्थापित भई नारकीय जीवन बिताउन बाध्य आरक्षपीडितहरूले आफ्ना समस्या प्रति राज्य कहिल्यै पनि गम्भीर नभएको गुनासो गर्ने गरेका छन् ।
News Desk 0 response शनिबार, कार्तिक ६, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३