-
उत्तरी नाका तातोपानीकाट रासायनिक मल नेपाल भित्रिन शुरु गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाका हुदै भित्रिन शुरू गरेको हो ।
हरेक बर्ष रासायनिक मलको अभाव झेलिरहेका नेपाली किसानको लागि यस वर्ष मलको अभाव हुन नदिन समयमा नै उत्तरी नाकाबाट मल ल्याउन सुरु गरिएको हो । किसानहरुले धानबाली भित्र्याई सकेपछि आलु तथा गुहँबाली सुरू गर्ने गर्दछन् ।
त्यसका लागि मलको अभाव हुन नदिने उद्देश्य राखी कृषि सामग्री कम्पनीले चीनबाट मल झिकाउन समयमै ठेक्का प्रक्रिया अगाडी बढाएको थियो ।तातोपानी नाकामा आगरिएपनि प्रकृयागत तयारी गरी तातोपानी भन्सार कार्यालयबाट काठमाण्डौस्थित साल्ट ट्रेडीङ कर्पोरेसनको गोदाममा पठाउने तयारी भइरहेको भंसार कार्यालयले जानकारी दिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सिल्क ग्रुपसँग ढुवानीको सम्झौता गरी चिनबाट उक्त मल तातोपानी नाका हुँदै नेपाल ल्याएको हो ।
५ हजार १ सय मेट्रिक टन मल आयातको अनुमती पाएको सिल्क ग्रुपले तातोपानी नाका हुँदै हालसम्म ३ सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ । अब सम्झौता भएको बाँकी मल नेपाल भित्रने क्रममा रहेको छ ।
चीनबाट नेपाल भित्रिएको युरिया मलको प्रगतीबारे जानकारि दिँदै आयात ढुवानी कम्पनी सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले एक महिना भित्र आफूहरुले जिम्मा पाएको ५ हजार १ सय मेट्रिक टन युरिया मल सबै नेपाल भित्रिसक्ने जानकारी दिए ।नेपाल सरकारले यसअघि पनि उत्तरी नाका तातोपानी हुँदै साल्ट ट्रेडिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल भित्र्याएको थियो ।नेपालमा भारत, बङ्गलादेश र चीन लगायतका देशबाट रासायनिक मल भित्रिने गरेको छ ।
हरेक बर्ष रासायनिक मलको अभाव झेलिरहेका नेपाली किसानको लागि यस वर्ष मलको अभाव हुन नदिन समयमा सरकारले विशेष ध्यान पुराउनु पर्ने देखिन्छ ।
News Desk 0 response बिहिबार, कार्तिक ४, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३