• कात्तिक १० गते सम्मको लागि बागमती प्रदेश सभा स्थगित भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिने विश्वासको प्रस्ताव सम्बन्धी छलफल १० गतेको वैठकमा नै हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

    विहिबार बसेको प्रदेश सभाको वैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेर दलका नेताहरुले भनाई राख्ना साथ सभामुख श्रेष्ठले संसद सारेका हुन् । विहिबारको वैठकमा अष्टलक्ष्मी शाक्यलाई प्रमुख प्रतिपक्ष दल सहित विपक्षी दलका नेताहरुले व्यंग्य सहित राजीनामा दिन माग गरेका छन् । विहिबार दिउँसो १ बजे सुरु हुने भनिएको प्रदेश सभाको वैठक ४ बजे पछि मात्रै सुरु भएको थियो ।

    विहिबारको बैठकमा मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रदेश सभाको वैठकमा मूख्यमन्त्री शाक्यले २ महिनामा गरेको कामहरु सुनाउँदै आफुलाई विश्वासको मत मागेकी छिन् । प्रदेश सभाको वैठकमा बोल्दै उनले प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको स्थापाना कालमा संरचना निर्माण, नीति निर्माण लगायतको काममा महत्वपुर्ण काम गरेको बताईन् ।

    आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्र, सुशासन, वित्तिय सुशासनको महत्वपुर्ण कामहरु गरेको बताए । उनले १३ वटै जिल्लामा पिसिआर र अक्सिजन प्लान्ट स्थापाना गरेर कोभिड १९ सँग लडिरहेको बताएकी छिन् । प्रदेश सभाको वैठकमा उनले अहिले पनि आफुले गरेको बजेट कार्यान्वयनको विषय प्रस्तुत गरेकी थिईन् ।

    माओवादी नेताको प्रश्न गहलत्याउने पर्ने हो ?

    बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले संसदमा एमालेको दम्भ भएकोले गहलत्याउने पर्ने हो भन्दै प्रश्न गरेका छन् । केपी ओली प्रवृत्ती प्रदेश सभामा देखिएको भन्दै विधि अनुसार नचलेर दादागिरी देखाएको बताए । उनले सरकारले विश्वासको मत लिनुपर्ने ठाउँ संसद छोड्ने धम्की दिनु कस्तो हो ?

    आगामी प्रदेश सरकारको नेतृत्व राजेन्द्र पाण्डेले नेतृत्व गर्ने बताए । उनले गठबन्धनबाट मुख्यमन्त्री पाण्डे बन्ने औपचारिक जानकारी संसदलाई गराएका हुन् । सभामुखले प्रमुख प्रतिपक्ष दलका नेतालाई बोल्न दिएको समयमा उनले नेकपा एमालेका मुख्य सचेतक दिपक निरौलाले प्रदेश सभाको वैठक सार्ने दिएको पत्रबारे चर्को विरोध गरेका छन् । उनले नेकपा एमालेले प्रदेश सभाको अपमान गरेको बताए । बैठकमा बोल्दै जम्मकट्टेलले टसल र मुठभेड तर्फ नलगी मुख्यमन्त्री शाक्यले सहज ढंगले राजीनामा दिनुपर्ने बताए । उनले राजीनामा नदिए फेरी जर्बजस्ती प्रदेश प्रमुखकोमा गएर बहुमत पु¥याउनुपर्ने बताए ।

    ओलीले ल्याएको गलत, हामीले ल्याएको सहि: कांग्रेस

    यस्तै नेपाली कांग्रेस बागमती प्रदेशले केपी ओली प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश गलत भएको भन्दै कांग्रेस सरकारले ल्याएको अध्यादेश सहि भएको दाबी गरेका छन् । प्रदेश सभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेपछि कांग्रेस संसदीय दलको नेताको हैसियतले बोल्दै अहिलेको सरकारले ल्याएको गठबन्धन अनिवार्य र सहि भएको बताएका हुन् ।

    उनले कांग्रेस गठबन्धनको संस्कार भित्र रहेको बताउँदै अब आउने निर्वाचनसम्म गठबन्धनसम्म रहने बताए । गठबन्धन सरकार बनाउन तयारी अवस्थामा रहेकोले मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन् । उनले कम्युनिष्टको दम्भ र हुईयाँ नटिकेको भन्दै व्यंग्य समेत गरे । गठबन्धन सरकारले चुनाव गराएपछि मात्रै होस खुल्ने भन्दै शाक्यलाई विश्वासको मत दिन नसक्ने बताए ।

    हामिलाई लडाउने केपी ओली हुन : राजेन्द्र पाण्डे

    नेकपा (एकिकृत समाजवादी) बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशमा गठबन्धबाट मुख्यमन्त्रीको एक्लो उम्मेद्वार भएको बताए। उनले आफुलाई मुख्यमन्त्री बनाउन लागि पर्ने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकिकृत समाजवादी) र जसपालाई धन्यवाद दिएका छन् । अधिकांश समय मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई दूई महिना अगाडी बोलेको प्रसंग निकाल्दै व्यंग्य गरे ।

    उनले भने ‘आजको अवस्थामा म राजेन्द्र पाण्डे मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य विरुद्ध उभिनु पर्ने दिन केपी ओली कै कारणले आएको हो । हिजो संगै डोरमणि पौडेल र केपी ओली विरुद्ध लड्यौं अहिले डोरमणि पौडेलले गरेको कामको फेहरिस्त सुनाउँदा अनौठो लागेको छ ।’
    बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी अष्टलक्ष्मी शाक्यको सत्ता एक साता थप लम्बिएता पनि गठबन्धनबाट मुख्यमन्त्री टुंगो लगाईसकेकोले प्रक्रियागत रुपमा शाक्य अब अर्को साता सरकारबाट बाहिरिने देखिएको छ । प्रदेश सरकारकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा गइसकेकोले राजीनामा नदिई विश्वासको मत माग्ने बताएकी छिन् ।मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।

    प्रदेशसभाको समीकरणअनुसार शाक्य अल्पमतमा छिन् । हाल रहेका १ सय ९ प्रदेश सभा सदस्यमध्ये शाक्यलाई ४३ जना नेकपा एमालेका सांसदको मात्रै साथ छ । यता गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेको राजेन्द्र पाण्डेसँग भने नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, नेकपा (एकिकृत समाजवादी)को १३ र स्वतन्त्र (हाल जसपा)को १ जना प्रदेश सभा सदस्यको साथ रहेको छ ।

    पाण्डे मुख्यमन्त्रीमा पक्का

    हेटौंडा : नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनको बिहीबार बसेको हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको हो । मुख्यमन्त्रीका लागि कांग्रेस नेता ईन्द्रबहादुर बानियाँ र पाण्डेबीच प्रतिस्पर्धा थियो। मुख्यमन्त्रीको विषयमा सहमतिका लागि कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत हेटौंडा आएका थिए । गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) ले नयाँ मुख्यमन्त्री चयनका लागि हस्ताक्षर समेत संकलन गरिसकेका छन् ।

4565