-
आइतबारदेखि आएको अबिरल बर्षाका खसेको पहिरोमा च्यापिएर बझाङको खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँका धर्मराज रोकाया र उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी, उनकी श्रीमती चन्द्रा गिरी र धनराज जोशीकोे पहिरोमा पुरिएर मृत्यु भएको हो । पहिरोमा च्यापिएर मृत्यु भएका सबैको शव स्काभेटर लगाएर निकालिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डियसपी रुपक खड्काले छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाएको बताए । यस्तै खप्तड छान्ना गाउपालिका ७ तिखाढुङगाका राम बहादुर सिंह, मान बहादुर सिंह, मंगल बहादुर सिंह, दल बहादुर सिंह र हस्त बहादुर सिंहका सबै परिवार बिस्थापित भई आफन्तका घर बसोबास गर्दै आएका छन ।
यसैबीच बझाङको थलारामा पहिरोले गाउँ पुरिँदा बेपत्ता भएका २३ मध्ये २ जनाको शव फेला परेको छ । हेलिकप्टरमार्फत् नेपाली सेना सहितको टोली घटनास्थल डिख्लामा पुगेको छ । सो टोलीले घटना भएको ७२ घण्टापछि बेपत्ता भएकामध्ये दुई जनाको शव फेला पारेको हो ।
शव फेला पर्नेमा नरे पार्कीका ७ वर्षीया छोरा आयुष पार्की छन् भने अर्काे एक जनाको सनाखत हुन बाँकी छ । अहिले पानी पर्न कम भएकाले खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् ।
News Desk 0 response बुधबार, कार्तिक ३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३