-
जिल्लाको महावै गाउँपालिका– ७ राम्नी कोटवाडा गाउँमा रहेका ३१० घर मध्य २५० घरधुरी पहिरोले बगाएको छ । सबै घरका बासिन्दाहरु नजिकै रहेको राम माध्यमिक विद्यालयमा ओत लागेका छन् ।
राम माध्यमिक विद्यालयको भवन पनि जिर्ण अवस्थामा छ । वर्षासँगै विद्यालयका छानाहरु चुहिने भएका छन् । विद्यालयमा बालवालिका, महिला, किशोर किशोरी, जेष्ठ नागरिकलगायत अन्य मानिसहरु पानीको खालमा बस्नुपरेको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोट र रेडक्रस कालिकोटबाट हाल २० वटा पाल र १० वटा कम्बल राहत स्वरुप प्रदान गरिएको छ । राम्नी कोटवाडाबासीले मौषम सफा हुनासाथ सरकार मार्फतको राहत देख्न पाइन्थ्यो कि भनेर प्रतिक्षारत रहेका छन् ।
लगातारको वर्षासँगै आएको पहिरोले राम्नी कोटवाडा गाउँका विष्णुप्रसाद अधिकारीकी १८ वर्षिया छोरी स्मृती अधिकारीले यस पटकको वर्षाले आएको पहिरोमा परी ज्यान गुमाएकी हुन् ।
लगातारको वर्षासँगै कालिकोटका स्थानीय तहमा ठूलो रुपमा क्षति भएको छ । कार्तिक १ गतेबाट परेको लगातारको वर्षासँगै स्थानीय तहको हाटबजार जितेगडामा ठूलो रुपमा धनमालको क्षति भएको छ ।
कर्णाली नदी र तिला नदीको दोभानमा रहेको स्थानीय हाटबजार जितेगडामा टहराहरु नदिले बगाएपछि व्यापारीहरुको ठूलो क्षति भएको छ । धनमालको क्षति भए पनि मानविय क्षति भने जितेबजारमा भएको छैन । कर्णाली करिडोरमा गाडी वारपारका लागि जडान गरिएको फेरि पनी कर्णाली नदीले बगाएको छ ।
यस्तै जिल्लाको रास्कोट नगरपालिका– १ तामाकोटमा मंगल शाहीको घर भत्किँदा मंगलबार बेलुका ५ बजेतिर मानविय रुपमा क्षति नभए पनि धनजनको क्षति भएको छ । वडा नं १ तामाकोटमा भने ७ घर उच्च जोखिममा रहेका छन् ।
नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह गरिएको छ । सदमुकाम मान्ममा रहेका घरहहरु पनि उच्च जोखिममा रहेका छन् । कर्णाली राजमार्ग अन्र्तगतको सुर्खेत जुम्ला सडक खण्ड ठाउँ ठाउँमा क्षतविच्छेद भएको छ । स्थानीय तहमा खनिएका सडक सञ्जालहरु भने पूर्ण रुपमा क्षति भएका छन् ।
News Desk 0 response बुधबार, कार्तिक ३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३