• महाकाली नदीमा शारदा ब्यारेज निर्माण भएयताकै ठूलो बाढी आएको छ । शारदा ब्यारेजको बनबासा पुल बनेपछि महाकाली नदीको पानीको वहाव मापन गर्न सुरु गरिएको हो । अहिले बनबासा पुल निर्माणयताकै सबैभन्दा ठूलो बाढी मापन गरिएको हो ।

    मंंगलबार दिउँसो २ बजे महाकालीमा पानीको बहाव ५ लाख ४७ हजार २ सय २४ क्युसेक मापन गरिएको छ । यसअघि २०७० मा ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक मापन गरिएको थियो । सन् १९२८ मा निर्माण भएको शारदा ब्यारेजमा सन् १९३४ मा महाकालीमा ठूलो बाढी आएको थियो । त्यतिबेला पानीको बहाव ५ लाख २२ हजार क्युसेक पुगेको थियो ।

    शारदा ब्यारेजका क्षमता ६ लाख ४४ हजार क्युसेक हो । बाढी खतराको सतह पार गरेपछि शारदा ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ । सर्वसाधारणलाई हिँड्डुल बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ३ बजेपछि भने महाकालीमा पानीको बहाव कम हुँदै गएको छ । दिउसो तीन वजे गरिएको मापनमा पानीको बहाव ५ लाख ३३ हजार क्युसेक पुगेको थियो ।

4565