-
अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी सुदुरपश्चिममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका दुई जना र डडेल्धुराका एक जना छन् । यस्तै डडेल्धुरामा दुई जना घाइते भएका छन् । कैलालीमा एक जना बेपत्ता भएका छन् ।
पहिरोका कारण बझाङमा ३, डोटीमा १ र डडेलधुरामा २ वटा घर भत्किएको सुदुरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको छ । डडेल्धुरामा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका १ भात्काडामा घर भत्किँदा ३२ वर्षीय बिष्णु अवस्थीको मृत्यु भएको हो । उनकी ६ वर्षीया छोरी सरिता घाइते भएकी छन् । डडेल्धुरा अमरगढी नगरपालिका १ तडीपाटाका भिम रावलको घर पहिरोले भत्काएको छ । उनकी बुहारी २५ वर्षीया देवकी रावल, ७ वर्षीय ग्रिस रावल घाइते भएका छन् ।
यस्तै डोटीको सायल गाउँपालिका ६ मेल्लेखका बिरबहादुर कुन्जेडाको घर भत्किएको छ । एक जना घर भित्रै च्यापिएको अवस्थामा फेला परेका छन् भने एक जनाको शव फेला परेको छ । डोटी कै दिपायल सिलगढी नगरपालिका ६ पैया भन्ज्याङ उणितोलाका हेमराज बोहराको भत्किएको छ भने केहि पशुचौपाय मरेका छन् । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
कैलालीको गोदावारी नगरपालिका ८ स्याउलेको खुटिया खोलाले स्थानीय ३० वर्षीय गणेश आउजीलाई खोलाले बगाएको छ । खुटिया पूलदेखि १ किलोमिटर उत्तर तर्फ खोलाबाट ढुङ्गा निकाल्ने क्रममा खोलाले बगाएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् ।
इलाका प्रहरी चौकी गड्डाचौकी कंचनपुरका अनुसार भिमदत्त नगरपालिका १२ ओदाली र ऐरी घाटमा करिव डेढसय घर परिवार डुवानमा परेका छन् । दोधारा चादनी नगरपालिका १० कुतीया कभर, शान्तीटोल, बैदीफाटा र निशानीटोलमा माहाकाली नदीको बाढीका कारण करिव ७० घर डुवानमा परेको इलाका प्रहरी कार्यालय दोधाराले जानकारी दिएको छ ।
यस्तै बझाङको सेती नदी र बहुलीगाड खोलामा पानीको वहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । प्रहरी बेस देउलेखका अनुसार बित्थडचिर गाउँपालिका ५ बोहराटोलमा पहिरोका कारण तीनवटा घरमा क्षति पुगेको छ । अस्थायी प्रहरी पोष्ट बागथलाको कार्यालयभित्र बाढी पसेको छ ।
News Desk 0 response मङ्लबार, कार्तिक २, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

शनिबार, असार २०, २०८३