• रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आइतबार नेपाली सेनाको जंगी अड्डाको निरीक्षण गरेका छन् । सेनाले गर्दै आएका कार्यक्रम तथा विषयहरुबारे जानकारी लिन उनी जंगी अड्डा पुगेका हुन् ।

    जंगीअड्डा निरीक्षणका क्रममा उनले नेपाली सेनाले विपद् व्यवस्थापन, कोभिड–१९ महामारी विरुद्ध खेलेको भूमिका र देश बाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाकाको प्रसंसा गरेका थिए । उनले आफू रक्षामन्त्री रहँदा राष्ट्रिय सुरक्षाको प्रवद्र्धन तथा सेनाको क्षमता अभिवृद्धिका लागि काम गर्ने बताए ।

    उनले सेनाले प्राथमिकतामा राखेका कार्यक्रमहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि हरसम्भव प्रयत्न गर्ने प्रतिवद्धता पनि जनाए । सो अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकिकरण र पेशागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    निरीक्षणका क्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा, रक्षा मन्त्रालयका प्रतिनिधिहरु तथा नेपाली सेनाका रथीबृन्द र अधिकृतहरुको उपस्थिति रहेको थियो ।

4565