-
मुगुको छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा भएको यात्रुबाहक बस दुर्घटना टायर पञ्चरका कारण भएको तथ्य खुलेको छ । रारा यातायात प्रालिको भे.१ख ३१६७ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो ।
उक्त बसमा ४६ यात्रु रहेका थिए । दुर्घटना भएको बसका चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा करिव पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परेर अन्य १३ जना घाइते भएका छन् । दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोडमा रहेको छ ।
बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको हुँदा दुर्घटना अन्य कारणले नभई टायर पङ्चर भएका कारण भएको प्रहरीको अनुमान छ । सोही मोडमा बस अनियन्त्रित भई भिरबाट खसेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरु दसैँ बिदामा घर आएका काठमाडौलगायत अन्य सहरका अध्ययन गर्ने अधिकांश विद्यार्थी रहेका छन् ।
मृत्यु हुनेमा १८ पुरुष र आठ महिला तथा दुई नबालक रहेका छन् । दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भइसकेको छ ।
News Desk 0 response बुधबार, अशोज २७, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

शनिबार, असार २०, २०८३