-
रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीका नाममा कब्जा गर्न खोजेपछि स्थानीय प्रशासनले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका तीन जना अतिक्रमणकारीको भैरहवा मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा बाटोमै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
घटनामा परी ४६ जना घाइते भएका छन् । झडपमा परी १४ जना स्थानीय, १६ जना जनपथ प्रहरी र १६ जना सशस्त्र प्रहरी घाइते भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जनाएका छन् ।
जग्गा कब्जा गर्न खोज्नेलाई हटाउन खोज्दा ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो । घाइतेहरुको भैरहवा मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, अवस्था तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।
औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्न खोज्ने र प्रहरीबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको हो । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासीहरु प्रहरीमाथि जाइलागेका हुन् । घटना भएको क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
’युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका ८ जना अतिक्रमणकारी र ५ प्रहरीमध्ये ४ जना अतिक्रमणकारीको मृत्यु भएको छ,’ अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । १ को उपचारको क्रममा मृत्युभएको हो । अन्यको उपचार हुँदैछ ।’
News Desk 0 response आइतवार, अशोज २४, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





