-
पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ६८८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सङ्ख्या १५ हजार ६१४ रहेका छन् । पाँच सय बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० बढी सङ्क्रमित भएका जिल्ला २० छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् ।
सङ्क्रमण दर १८।७ प्रतिशत छ । सो अवधिमा एक हजार ३३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ७४ हजार १७३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।७ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट आज १० जनाको मत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २१० जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३१३ जना सघन उपचार कक्ष ९आइसीयू०, ११३ जना भेन्टिलेटर, १४ हजार ४६१ जना होम आइसोलेसन, एक हजार १५३ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन् ।
आज ४३ हजार ९४१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८० लाख ४१ हजार ५९४ पहिलो मात्रा र ६४ लाख ४१ हजार ६३२ पूर्णमात्राको खोप लगाइसकेका छन् ।
News Desk 0 response शुक्रबार, अशोज २२, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३