-
बडा दशैं शुभारम्भ भएको दिन आज घटस्थापनामा काभे्रपालञ्चोक जिल्लाको विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीको घुँईचो लागेको छ । विशेष गरी पाँचखाल नगरपालिकाको पलाञ्चोक भवगती मन्दिर र बनेपाको चण्डेश्वरीमा रहेको चण्डेश्वरी मन्दिरमा दर्शनार्थीहरु पूजाआजका लागि पुग्ने गरेका हुन् ।
धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको यि शक्तिपीठहरुमा घटस्थापनादेखि दशैंको नवमीको दिनसम्ममा विशेष पूजाआजा हुने गर्दछ । बनेपाको एक प्रमुख आकर्षण धार्मिक शक्तिपीठ चण्डेश्वरीमा आज दर्शनार्थीहरुको ठुलो घुँईचो लागेको हो । चण्डाशुर दैत्यलाई माता चण्डेश्वरीले बध गरेको स्थान भएकाले चण्डी पूर्णीमा र दशैंमा ठुलो मेला लाग्ने गरेको चण्डेश्वरी महादेव मन्दिरका पुजारी श्याम प्रसाद सेवाचार्यले बताए ।
मन्दिरमा आउने भक्तजनहरुलाई सहजताको लागि वडाको तर्फबाट मन्दिर परिसरमा रहेको बगैंचा र बनभोज स्थलको व्यवस्थापनको लागि गतबर्षदेखि काम शुरु भईरहेको छ । मन्दिर नजिकैको चण्डेश्वरी वनमा पर्यापर्यटनको लागि नगरपालिकाले गौरवको आयोजनाका रुपमा विस्तार गर्न लागेको छ । मन्दिरदेखि गोसाईस्थानको महादेव मन्दिरसम्म जानका लागि एक हजार ६ सय सिडी निर्माणको काम समेत भईरहेको बनेपा नगरपालिका वडा नं. ५ दका वडा अध्यक्ष बलराम अधिकारीले बताए ।
यो मन्दिर १७औँ शताब्दीमा बनेको विश्वास गरिन्छ । मन्दिरमा चण्डेश्वरीले दानव चण्डको बध गरेको भित्ते चित्रले सजाइएको छ । यस्तै पलाञ्चोक भगवतीको मन्दिर जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित छ । काभ्रेपलाञ्चोकको पाँचखालबाट ७ किलोमिटर पूर्वतर्फ रहेको यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्दितीय मानिन्छ । सो मन्दिरमा दशैंको अष्टमीको दिन राष्ट्रपतिबाट विशेष पूजाआज गर्ने गरिन्छ ।
News Desk 0 response बिहिबार, अशोज २१, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३