• काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापनाको पहिलो दिन आज विधिवत रुपमा जमरा राखिएको छ । घटस्थापना गरिएपछि नेपालीहरुको महान पर्व दसैँ सुरु भएको मानिन्छ । पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैंको नवरात्र शुरु हुन्छ ।

    बिहिबार बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा हनुमानढोकाको दसैँ घरमा जमरा राखिएको हो । घटस्थापना गरिएपछि नेपालीहरुको महान पर्व दसैँ सुरु भएको मानिन्छ । पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैंको नवरात्र शुरु हुन्छ ।

    घटस्थापन गर्दा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो । हनुमान ढोकाका पुजारी सुदिप लामिछानेले हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत् रुपमा जमरा राखेको बताए । उनले जौ, विधिको लागि मकै र गहुँ मिसाएर बालुवा र चोखो माटोमा जमरा राखिएको जानकारी दिए ।

    हरेक वर्ष घटस्थापनाको दिन दशैँ घरमा जमरा राख्ने गरिन्छ । बिहिबार नवरात्रीको पहिलो दिन भएकोले शैलपुत्रीको पूजा आराधना गरेर नवरात्रीको शुरुवात गर्ने प्रचलन छ । नवरात्रीका नौ दिन शैलपुत्री, व्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ ।

    त्यस्तै विजया दशमीको दिन देवी विसर्जन गरी १० बजेर २ मिनेटमा देवीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने चलन छ । विजया दशमीका दिन भगवान श्रीरामले नवरात्र व्रत गरी रावणमाथि विजय पाएको उत्सवका रुपमा मनाउन थालिएको भन्ने गरिएको छ भने कसैले राक्षसहरुमाथि दुर्गा देवीको विजयोत्सवको रुपमा मनाउने प्रचलन छ ।

    दशैँको दिन आफूभन्दा ठूलाबडा मान्यजनहरुबाट टीका र जमरा लगाइ आशिर्वाद लिने चलन छ ।

4565