-
नेपाल विद्युत प्राधिकरणले आफ्ना पोलबाट इन्टरनेट तथा केबलको तार नकाट्ने भएको छ । आज उर्जामन्त्री पम्फा भुषालको उपस्थितिमा सम्पन्न बहुपक्षीय वार्ताले यस्तो सहमति गरेको हो ।
पोल भाडा नतिरेको भन्दै प्राधिकरणले हिजो देशभरका वितरण कार्यालयमार्फत इन्टरनेट र केबुलका तार काट्न सुरु गरेको थियो । यसबाट उपभोक्ताको अधिकार हनन भएको भन्दै तिव्र विरोध भएपछि प्राधिकरण पछि हटेको हो । आईतबार भएको वार्तामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयम् उपस्थित थिए ।
यस्तै दुरसञ्चार प्राधिकरण तथा केवल र इन्टरनेट व्यवसायीको पनि प्रतिनिधित्व थियो । वार्तामा तार नकाट्ने र काटिएकाको तत्काल जोडेर सेवा सुचारु गर्ने सहमति भएको छ । सो वार्ताले समस्याको दिगो समाधानका लागि सबै पक्षहरुको संलग्नतामा एक समिति गठनसमेत गरेको छ ।
सञ्चार मन्त्रालयका सहसचिव विनो सिंहको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिलाई २ महिनाको समय दिइएको छ । समितिमा उर्जा मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, विद्युत प्राधिकरण, केवुल व्यवसायी र इन्टरनेट व्यवसायीको प्रतिनिधित्व रहने छ । समितिका सदस्य सचिवमा सहसचिव अनुप नेपाललाई तोकिएको छ । सञ्चार मन्त्रालयको पहलमा आजको वार्ता भएको हो ।
News Desk 0 response आइतवार, अशोज १७, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३