• परराष्ट्रमन्त्री नारायण खड्काको सपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट परेको छ । अधिवक्ता विशाल न्यौपानेले खड्कालाई कानुनी व्यवस्थाबिनै सपथ गराइएको जिकिर गर्दै सपथ बदरको माग गरेका हुन् ।

    कानूनी व्यवस्था गरेर सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न÷नगराउन रिटमा अन्तरिम आदेश मागिएको छ । केपी ओली नेतृत्वको सरकारले जारी गरेको सपथसमबन्धी अध्यादेश २०७८ संसदबाट पारित नभएकाले स्वतः निष्क्रिय भएको अवस्थामा कानूनको अभावमा सपथ लिनु कानुनी राज्यको प्रतिकूल हुने रिटमा दावी गरिएको छ ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरी भदौ ६ मा पद तथा गोपनीयताको सपथ गराएकी थिइन् ।

4565