• नेकपा एमाले अध्यक्ष केपी ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता हुन नसक्ने बताएका छन् । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानून चाहिने स्पष्ट पारे । संसद चलिरहेको बेलामा सांसदबाटै कानून बनाइनुपर्ने भन्दै ओलीले गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको आरोप लगाए ।

    ओलीले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गरे । उनले अहिलेको गठबन्धनले नै चुनाव गराए पनि आफ्नो पार्टीलाई मान्य हुने बताए ।सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गरे । उनले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको गुनासो गरे ।

    आफ्नो सरकारका पालामा सञ्चारमाध्यमबाट निकै खबरदारी भएको भन्दै धन्यवादसमेत दिदै सरकारले गल्ती नगरोस् भन्नका लागि खबरदारी आवश्यक रहेको उनको भनाइ थियो ।

4565