• चालु आर्थिक वर्ष २०७८-७९ को शुरुवातबाटै वस्तु निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात साउन भदौमा नेपालले कुल ४४ अर्ब रुपैयाँ बराबरको निर्यात गरिसकेको छ ।

    निर्यात अघिल्लो आर्थिक वर्ष २०७७-७८ को पहिलो दुई महिनामा मात्र २० अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको थियो । यो वर्ष निर्यातमा १सय १५ दशमलव ४३ प्रतिशतको वृद्धिदर देखिएको छ । निर्यातमा ठूलो हिस्सा भटमास र पाम तेलको हिस्सा बढी छ ।

    यस्तो तेलको तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात भई भारतमा तेल निर्यात हुने गरेको छ । जसले नेपालको निर्यात बजारको आंकडालाई उत्साहित बनाइरहेको छ । भन्सार विभागका अनुसार निर्यातमा वृद्धि भएसँगै वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत १९दशमलव ७४ प्रतिशतको वृद्धि भएको छ ।

    नेपालको निर्यातमा १२ दशमलव २८ प्रतिशत निर्यातले बेहोर्दा आयातको भने ८७ दशमलव ७२ प्रतिशत हिस्सा रहेको छ । चाल आवमा निर्यातसँगै आयातमा समेत उल्लेख वृद्धि भएको पाइएको छ । दुई महिनामा ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७५.८६ प्रतिशत हो ।

4565