• प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको भेलामा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गरे । उनले सिस्नुजस्तो सरकारलाई अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्ने बताए ।

    अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाए ।

    अध्यक्ष ओलीले आगामी मंसीर भित्र पनि वर्तमान सरकारले पूर्णता पाउन नसक्ने दावी समेत गरे । ओलीले सत्ताको दूरुपयोग गरेर आफ्नो पार्टी निकट कर्मचारी संगठन, विद्यार्थी संगठन, युवा संगठनहरुको कार्यालय कब्जा गर्ने प्रयास भईरहेको भन्दै आपत्ति समेत जनाए ।

4565