• नेपालमा थप १ हजार ४ सय ७८ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा पिसिआरबाट १ हजार २ सय ५१ जना र एन्टीजेनबाट २ हजार ८ सय ६३ जनामा संक्रमण पुष्टी भएको हो ।

    योसंगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ८ लाख ७७ हजार ४५ सय ३७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरानाका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ११ हजार ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३० संक्रमित निको हुँदा नेपालमा हालसम्म संक्रमित भएकामध्ये ७ लाख ५५ हजार ६ सय ६० कोरोना मुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १ सय ३९ रहेको छ ।

4565